२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माछाका भुरा उत्पादनमा समस्या

२०८०, २६ फाल्गुन शनिबार ०३:२९

फागुन २६, कैलाली | कैलालीको गेटामा रहेको  मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो ।

वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले जानकारी दिए । बीस बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रमा ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो । यहाँ प्रारम्भमा सात प्रकारका माछाका भुरा राख्ने पोखरी निर्माण गरिएका थिए । 
निमित्त प्रमुख खातीका अनुसार माछा उत्पादनका लागि १७ नर्सरीको व्यवस्था गरिएको छ । भुरा उत्पादन गरी सुपथ मूल्यमा बिक्री गरिँदै आएको छ ।

मत्स्य विकास केन्द्र हाल ह्याचरी, फिङ्गर र फ्राई माछाका भुरा उत्पादन गर्दै आएको छ । झण्डै पाँच दशक वर्षअघि निर्माण गरिएका ह्याचरी पोखरीको मर्मत गर्न सकिएको छैन ।  भुरा राख्न नयाँ पोखरी निर्माण गर्नुपर्ने निमित्त प्रमुख खातीले बताए ।  “बजेट अभावले जीर्ण संरचना मर्मत गर्न सकिएको छैन”, उनले भने । मत्स्य विकासले चैतबाट माछाका भुरा बिक्री गर्दै आएको छ ।

गत आर्थिक वर्षमा तीन करोड २० लाख ह्याचरी उत्पादन गरिएकोमा चालु आव २०८०÷०८१ मा चार करोड ह्याचरी उत्पादन गर्ने लक्ष्य केन्द्रको रहेको छ । मत्स्य विकास केन्द्र गेटाले सात प्रजातिका माछाका भुरा उत्पादन गरी बिक्री गर्दै आएको छ । तीस कट्ठा जग्गामा नयाँ पोखरी निर्माण गर्न सकिने बताउँदै निमित्त प्रमुख खातीले भने, “क्षेत्र विस्तार भएपछि रु आठ करोड भुरासम्म उत्पादन गर्न सकिन्छ । सुदूरपश्चिमका लागि ७० प्रतिशत माछाका भुराको आपूर्ति गर्न सकिने जनाइएको छ ।” 

प्रदेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि निर्माणका लागि ठेक्का गरेको आधुनिक ह्याचरीको कामबजेट अभावमा पूरा हुन सकेको छैन् । सो ह्याचरीको काम पूरा गर्न सकियो भने एक वर्षमा आठ करोड भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले नयाँ संरचना थप गर्न समस्या भएको जनाइएको छ । 
मत्स्य विकास केन्द्र गेटाले एक लाख भुराको रु दुई हजार पाँच सयमा बिक्री गर्दै आएको छ । केन्द्रमा उत्पादित माछाका भुरा सुदूरपश्चिमका नौवटै जिल्लासहित बाँके, बर्दिया बिक्री हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ