१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अरू थुनुवा महिलालाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरान बनाउछिन् शर्मिला वाइबा

२७ फाल्गुन २०८०, आईतवार ०८:५२

फागुन २७, काठमाडौँ | आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा यही फागुन १६ गतेदेखि प्रहरीको थुनामा छिन् । आफूमाथि कुटपिट गरेको भन्दै हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।

शर्मिलाले प्रहरी कार्यालयभित्र समेत हैरानी दिएको प्रहरीको भनाइ छ । महारागन्ज प्रहरीको थुनुवाकक्षमा हाल १० महिला थुनुवा राखिएको छ । उनीहरूलाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरानी दिने गरेको महाराजगन्ज प्रहरीको भनाइ छ । बयान दिँदा समेत उनी प्रहरीमाथि नै जाइलाग्ने गरेको बताइएको छ । उनलाई महिला प्रहरीको विशेष निगरानीमा राखिएको छ ।


उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अनुसार शारीरिक पीडा तथा कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान जारी राखेको छ । प्रहरीले २४ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ । शर्मिलामाथि अनुसन्धान सुरु गरिएको आइतबार १२ दिन पुगेको छ । सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला हाल प्रहरी वृत्त महाराजगन्जको थुनामा छिन् ।

उनीविरुद्ध कुटपिटसम्बन्धी अभियोग पुष्टि भएमा अधिकतम तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । सामाजिक सञ्जाल युट्युबमार्फत विभिन्न व्यक्तिहरूको चरित्र हत्या हुने अभिव्यक्ति दिँदै आएको पनि उनीमाथि आरोप छ ।

शर्मिलामाथि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत उजुरी दिइएको छ । पवन र उनकी श्रीमती सुम्निमाबीचको विवादका क्रममा पवनमाथि हातपात गरेपछि उनी प्रहरीको थुनामा बस्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड