राष्ट्रपतिद्वारा उपप्रधानमन्त्रीको वरीयता हेरफेर, रविभन्दा नारायणकाजीमाथि

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्। नयाँ वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री बनेका रवि लामिछानेभन्दा माओवादी केन्द्रका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ माथि छन्।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्री र १६ मन्त्री नियुक्त गरेका थिए। आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवसमेत उपप्रधान एवं स्वास्थ्यमन्त्री नियुक्त भएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!