२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करीमा जोडिएका आठ जना भारतीय पक्राउ

२७ फाल्गुन २०८०, आईतवार ११:३९

फागुन २७, काठमाडौँ | सुन तस्करीमा जोडिएको आशंकामा ८ जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

राजश्व अनुसन्धान विभागले गत १८ फागुनमै भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। तस्करी भई आएको सुन भारतसम्म पुर्‍याउने गिरोहमध्येका ८ जनालाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरिएको विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले पनि पुष्टि गरेका छन्।

‘शंकास्पद गतिविधि गरिरहेका केही भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’, महानिर्देशक ढुङ्गानाले भने।

काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने बर्ष ४४ का अमिरूदिनले भाडामा लिएको र  सो घरमा बसेका उनीहरुलाई विभागको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिकहरू दिल्ली पश्चिम बिहार घर भएका बर्ष २३ का धुब्र शर्मा, दिल्ली कृष्ण बिहार घर भएका बर्ष २५ का प्रिन्स शर्मा, दिल्ली पश्चिम घर भएका बर्ष २२ का रोहित कश्यप, दिल्ली रोहिना ११००८५ ब्लक घर भएका बर्ष २३ दिपान्सु शर्मा  लगायतका रहेका छन्।

विभागले उनीहरूको मोबाइल लगायतका सामाग्रीहरू परीक्षणका लागि पठाइएको छ। पक्राउ पर्नेहरू सुन तस्करीमा मुद्दा खेपिरहेका विमल पोद्धारसँग जोडिएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने