संन्यास लिएको साढे २ वर्षपछि मैदान उत्रिए पारस खड्का

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | क्रिकेटबाट संन्यास लिएको साढे २ वर्षपछि राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का मैदान उत्रिएका छन् ।

उनी रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनका अवसरमा आयोजित एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट मैदान उत्रिएका हुन् ।

पारसले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।


उनले सन् २०१४ को टी–२० विश्वकप खेलेको टोलीको नेतृत्व गरेका छन् । उक्त टीमले पहिलो खेल नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोलीसँग खेल्दैछ । लेजेन्डस १९९६ को नेतृत्व लेखबहादुर क्षेत्रीले गरेका छन् ।

यसअघि गत चैतमा पारसले टीम एसियन लायन्सबाट लिजेन्डस् क्रिकेट लिग खेलेका थिए । दुई खेल खेलेका पारसले १३ बलमा ११ रन जोडेका थिए । कतारमा भएको प्रतियोगिताको उपाधि पारस सम्मेलित एसियन लायन्सले जितेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!