१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दार्चुलामा भिरबाट लडेर प्रहरी जवानको मृत्यु

२८ फाल्गुन २०८०, सोमबार ०८:२७

फागुन २८,  दार्चुला |  दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११: ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ। 

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजान खोज्दा  हतकडीसहित भागेपछि चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो। भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ।

हिरासतमा रहेका कुवर हतकडीसहित महाकाली नदि पारगरी भारततर्फ फरार भएका छन्। कुवरलाई महाकाली नदि पारी पट्टि भारतमा रहेको (जीआर) ले नियन्त्रणमा लिएको र अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलामा पुगेको खबर प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

हिरासतमा रहेका कुवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए। फरार रहेका कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो। कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो। 

घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड