१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरभित्र पसेको भन्दै कुटपिट गरी युवकको हत्या

२८ फाल्गुन २०८०, सोमबार ०९:३७

फागुन २८, धनगढी | घरभित्र पसेको भन्दै धनगढीमा एक युवकको कुटपिट गरि हत्या गरिएको छ।

सोमबार बिहान साढे ३ बजेतिर धनगढीका महेश राना छिमेकी मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका थिए। सोही बेला उनी माथि मीनबहादुरका परिवार र छिमेकी मिलेर आक्रमण गरे।

कैलालीका प्रहरी उपरीक्षक पदम सिङ बिष्टका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका उनी घाइते अवस्थामै घर फर्किएका थिए।

३५ वर्षीय महेशका आफन्तले उनलाई गम्भीर अवस्थामा देखेपछि ६ बजेतिर सेती प्रादेशिक अस्पतालमा पुर्‍याए। साढे ६ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

उनका अनुसार प्रहरीले साढे ६ बजेतिर घटनाबारे जानकारी पाएको थियो। रातिको बेला महेश छिमेकीको घर किन पसे भन्नेबारे हालसम्म केही कारण नखुलेको उनले सुनाए।

महेशको हत्या आरोपमा चौधरी दम्पती सहितका पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा मीनबहादुरकी श्रीमती २९ वर्षीय पुनम चौधरी, उनकी छोरी र अन्य दुई जना छिमेकी रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड