फागुन ३० काठमाडौँ | प्रतिनिधि सभाका स्वतन्त्र सांसदद्धय डा.अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।
सत्ता समीकरण फेरिएपछि प्रचण्डले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि डाकिएको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदद्धय सिंह र मण्डलले विश्वासको मत लिने घोषणा गरेका हुन् ।
सिंह सर्लाही ४ र मण्डल मोरङ ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । सिंहले नेपाली कांग्रेसबाट विद्रोह गर्दा मण्डल एमाले छाडेर स्तन्त्र रुपमा चुनावमा होमिएका थिए ।