२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोली प्रहार गरी लुटपाट: स्थानीयको घेराउमा परेपछि झोला फालेर भागेका थिए लुटेरा

२०८०, २ चैत्र शुक्रबार १२:२६

चैत २, काठमाडौँ | मनी ट्रान्स्फरका सञ्चालकलाई गोली हानेर पैसा लुट्ने समूह प्रहरी नियन्त्रणमा आएको छ । भारतबाट आएको एक समूहले शुक्रबार रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्स्फरका सञ्चालक नितेश साहलाई कन्चटमा गोली हानेर पैसा लुटेको थियो ।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार पैसा लुटेर भाग्ने क्रममा स्थानीयको घेराउमा परेपछि उनीहरू पैसाको झोला फालेर भागेका थिए । पैसा कति लुटिएको थियो र कति फिर्ता भयो भन्नेबारे यकिन भइसकेको उनले बताए ।


प्रहरीका अनुसार गोली प्रहार गर्ने समूह भारतको बिहारस्थित मोतिहारीको पूर्वी चम्पारणबाट आएको हो । समूहमा मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेका छन् ।

उनीहरूलाई मोटर साइकलमा भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट घिउरा नाकामा खटिएको सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्नासहितको टोली र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक थान मोटरसाइकल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका मनी ट्रान्स्फरका सञ्चालक २६ वर्षीय साहको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ