२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल टेलिकमका प्राविधिक सिटौलाविरुद्ध डेढ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

४ चैत्र २०८०, आईतवार १२:२३

चैत ४, काठमाडौँ | डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।

उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत काम गरेर व्यापार व्यवसाय गरेको तथा सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९०७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको भेटिएको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार विभिन्न ठेक्कापट्टासमेतमा सामेल भएर हिमडुङ एण्ड थोकर कन्ट्रक्सन प्रालि कम्पनीबाट ४५ लाख १७ हजार ५००

रुपैयाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ रुपैयाँसमेत गरेर जम्मा एक करोड ६२ लाख २० हजार चार गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको हो ।

आयोगले गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६२ लाख २० हजार चार रुपैयाँ बिगो कायम गर्दै सजाय तथा गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु