२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हरेक दिन आफ्नो अन्तिम दिन सम्झेर काम गरिरहेको छु : श्रममन्त्री अर्याल

२०८०, ६ चैत्र मंगलवार ११:१८

चैत ६, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आफूले हरेक दिन आफ्नो अन्तिम दिन सम्झेर काम गर्दै आएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले आफू हरेक दिन एक दिनको मन्त्री हो भन्ने सम्झेर काम गर्दै आएको बताएका हुन् । 

इमानदारी र प्यासनका साथ काम गरिरहेको भन्दै उनले श्रमिकको हक हितका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताए । 


‘म हरेक दिन एकदिनको मन्त्री हो सम्झेर काम गरिरहेको हुन्छु । म मन्त्रालयमा कति समय हुन्छु भन्नेमा हुन्न । हरेक दिन आज मात्रै हो भनेर काम गर्छु,’ मन्त्री अर्यालले भने । 

उनले नियम, कानुन तथा ऐनका विरुद्ध हुने कामका लागि आफू हदैसम्म निर्मम हुने चेतावनी दिए । ‘गलत जो सुकैले गरोस् । म आफ्नो मान्छे, कसैको पहुँचको आधार तथा भनसुनको आधारमा म गलत भयो भने निकै निर्मम हुन्छु,’ मन्त्री अर्यालले भने । 

मन्त्रालयको नेतृत्व सम्हालेसम्म आफू हरेक दिन श्रमिक हक हितको लागि काम गर्ने गरेको उनले बताए । मन्त्रालयमा देखिएका समस्याबारे जानकार रहेको भन्दै उनले ती समस्या समाधानका लागि अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ