२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वार्षिक ३ करोड लिने गरी बेचिएको थियो काभ्रेमा काटिएको बुद्धचित्तको रूख

२०८०, ३० चैत्र शुक्रबार ०६:५५

चैत ३०, काठमाडौँ | काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले काटेको बुद्धचित्त (बोधिचित्त)को रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको खुलेको छ ।

अज्ञात समूहले मालाको रुख काटेर घरको ढोका र आसपासमा चारवटा सकेट बम राखेर भागेका थिए । 


घरधनी शेरबहादुर तामाङले बताएअनुसार, दुई/तीन महिनाअघि मात्र पाँच वर्षका लागि वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रूख बिक्री गरिएको थियो । सम्झौता अनुसार, बिक्री भएको रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे । उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए । 

प्रहरी स्रोतका अनुसार, अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिले आफूलाई बुद्धचित्तको रुख बिक्री गर्न घरधनीलाई भनेका थिए । यद्यपि, पछि घरधनी तामाङले लामा र त्रिपाठीलाई रुख बिक्री गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठ भने फूल फूल्ने बेलामा किन र कसले रुख नै काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने