कृष्णराज गौतम/कात्तिक ७, काठमाडौँ । महायानी परम्पराका गेलुक सम्प्रदायअन्तर्गतका बौद्ध अनुयायी अहिले काठमाडौँको जोरपाटीस्थित शेल्कार गुम्बामा तर्कवितर्क गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्णराज गौतम/कात्तिक ७, काठमाडौँ । महायानी परम्पराका गेलुक सम्प्रदायअन्तर्गतका बौद्ध अनुयायी अहिले काठमाडौँको जोरपाटीस्थित शेल्कार गुम्बामा तर्कवितर्क गर्न"/>

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्ध दर्शनमाथि तर्कवितर्क गर्दै लामा विद्यार्थी

२०७३, ७ कार्तिक आईतवार ०९:४६


कृष्णराज गौतम/कात्तिक ७, काठमाडौँ । महायानी परम्पराका गेलुक सम्प्रदायअन्तर्गतका बौद्ध अनुयायी अहिले काठमाडौँको जोरपाटीस्थित शेल्कार गुम्बामा तर्कवितर्क गर्न व्यस्त छन् । 

करिब १० दिनदेखि जारी ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ मा काठमाडौँ उपत्यकाका गेलुक सम्प्रदायअन्तर्गत १० गुम्बाका करिब ४०० लामा, विद्वान् तथा अनुयायीको सहभागी भएका छन् । शाक्यपा, निङ्मापा, गेलुक र काग्युपा चार सम्प्रदाय महायान परम्परामा हुन्छ । 

गेलुक सम्प्रदाय सङ्घले व्यवस्थापन गरेको शास्त्रार्थमा बौद्ध साहित्य तथा दर्शनप्रतिको कुनै पनि जिज्ञासा राखेर सोधिने प्रश्नको सहभागीले तर्कका आधारमा उत्तर दिएर आफ्नो समूहलाई अब्बल सावित गर्ने प्रयत्न गरिरहेका छन् । परम्परागत रुपमा मानिँदै आइएको बौद्ध दर्शनलाई नयाँ पुस्ताले सिधै अवलम्बन गर्नुभन्दा धर्मप्रतिको आशङ्का तथा अन्धविश्वासलाई अन्त्य गर्न उक्त कार्यक्रम गत असोज २६ गतेदेखि यही कात्तिक १० गतेसम्म आयोजना गरिएको हो । 

शेल्कार गुम्बाका प्रमुख गेसे काल्साङ लामाका अनुसार कार्यक्रममा किडोङ सम्तेन्लिङ गुम्बा, कपन होक्मिन ज्याङछ्युब गुम्बा, शेल्कार छ्योदे गन्देन लेक्शोलिङ गुम्बा, छुसाङ सम्तेन याङ्चे गुम्बा, छुवर गन्देन डोफेलिङ गुम्बा, डुब्गोन थुक्जे छ्योलिङ गुम्बा, गन्देन ज्यम्गोन्लिङ गुम्बा, फुन्छोग छ्योलिङ गुम्बा, किडोङ आनी गुम्बा थुक्जे छ्यालिङ र कपन आनी गुम्बा खाच्यो गाखिललिङ गुम्बाका लामा विद्यार्थी सहभागी छन् । सो शास्त्रार्थले बौद्ध विज्ञानका शिक्षालाई व्यावहारिक अभ्यास गर्नाका साथै गेलुक सम्प्रदायको विकासका लागि सहयोग गर्ने विश्वास गरिएको छ । 

विभिन्न समूह बनाएर विद्यार्थीलाई राखिएको छ । सम्बन्धित समूहमा सहभागीमध्येबाट प्रश्न सोधिएपछि ती जिज्ञासामाथि तर्कपूर्ण बहस गरिने व्यवस्था मिलाइएको छ । बौद्ध दर्शनमा महत्वपूर्ण मानिएका माध्यमिक, प्रज्ञापारमिता, अभिधर्मकोष, प्रमाणवर्तिका र विनयजस्ता बौद्ध साहित्यका आधारमा प्रश्न तथा उत्तर गरिने छ । 

शास्त्रार्थमा प्रमाणका आधारमा न्याय तथा तर्क पनि प्रस्तुत गरिने छ । हरेक वर्ष तिब्बती महिनाको शुक्ल पक्षको एकादशीदेखि १५ दिनसम्म गरिने सो अभ्यासमा उत्तीर्ण भएकालाई दीक्षान्त गरिने बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो । सन् २०१० देखि यस्तो प्रचलन सुरु गरिएको हो । सहभागी १० गुम्बामा आलोपालो गरी यस्तो अभ्यास गराइने समझदारी बनेको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य भन्नुहुन्छ– “शास्त्रार्थलाई बौद्ध दर्शनमा प्रश्न तथा उत्तरका माध्यमबाट यथार्थपरक ज्ञान तथा शिक्षा दिने परम्पराका आधारमा हेरिएको छ ।” 

प्राचीनकालमा भारतको नालन्दाका प्रख्यात विद्वान् आचार्य वसुबन्धुका शिष्य आचार्य दिग्नाग प्रमाण विषयमा गुरुभन्दा निपुण भएको विश्वास गरिन्छ । उनले बुद्धका शिक्षालाई सर्वसाधारणले सामान्य अवस्थामा बुझ्न नसकेको देखेपछि बुद्धवचनका विषयहरु प्रमाण शिक्षाद्वारा स्पष्ट पारेका थिए ।

शाक्यमुनिका ८४ हजार धर्म उपदेश जान्न प्रमाणवर्तिका तथा प्रमाण समुच्चय ग्रन्थको अध्ययन खाँचो छ । प्रमाणवर्तिका चार भाग तथा प्रमाण समुच्चयमा छ भाग छन् । यी ग्रन्थको जटिलतालाई सहज ढङ्गले बुझ्न आचार्य दिग्नागले सुरु गरेको यो परम्परा अगिङ्कारलाई गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर