२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउदी अरबलाई ६ विकेटले हराउदै एसीसी प्रिमियर कपमा नेपाल अपराजित

२०८१, ५ बैशाख बुधबार १०:१४

बैशाख ५, काठमाडौँ | एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। यसअघि नै समूह बिजेता बनेको नेपाल आजको जितिसँगै समूहचरणमा अपराजित हुँदै सेमिफानल प्रवेश गरेको हो। 

टह हारेर पहिले ब्याटिङ गर्दै साउदीले ७४ रनको लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो। जवाफ ब्याटिङमा उत्रिएको नेपालले ७ दशमलव २ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो। 

नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ तथा रोहितकुमार पौडेलले १६ रन बनाए। कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आशिफ शेख र कुशल मल्लले दुई/दुई रन मात्र बनाए। 

यता बलिङमा साउदीका लागि इश्तियाक अहमदले २ तथा उसमान नजीव र वाजी वो हसनले एक/एक विकेट लिए। यो हारसँगै समूह उपविजेता बन्दै सेमिफानल जाने साउदीको यात्रा यहिँ रोकिएको छ। नेपाल रहेको समूहबाट नेपाल र हङकङ सेमिफालन प्रवेश गरेका छन्।  

टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै रन ७३ बनायो। हिजो राति हावाहुरीसँगै पानी परेर पिज खराब भएपछि खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा हुने भनिए पनि सवा दुई बजेबाट मात्र सुरु भएको थियो।

सोही कारण पनि खेलमा दुवै टिमको १२/१२ ओभर घटाएर ८/८ ओभरमा झारिएको थियो। साउदी अरबका लागि सर्वाधिक १५ बलमा तीन चौका र तीन छक्काको सहयोगले अब्दुल वाहिदले ३७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसी र अविनास बोहोराले दुई/दुई विकेट लिँदा ललितराज वंशी र प्रतिश जिसीले एक/एक विकेट लिए।

प्रतियोगितामा नेपालले एक खेलअगावै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले