2026-07-07 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकामा अनुदान सम्झौता सोमबारदेखि

कात्तिक ७, काठमाडौँ । काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान वितरण गर्न सोमबारदेखि अनुदान सम्झौता सुरु हुने भएको छ । 

काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८८८ लाभग्राहीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि स्वीकृति दिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले राससलाई जानकारी दिनुभयो । 

“उपत्यकाका ३६९ वडामा सोमबारदेखि अनुदान सम्झौता सुरु गर्न जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइलाई परिपत्र गरिएको छ, सबै वडामा एकैपटक काम सुरु हुने भएकाले छिटो अनुदान सम्झौता सकिइ पहिलो किस्ताको रु ५० हजार वितरण हुनेछ”– उहाँले भन्नुभयो । 

केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका तीन जिल्लामा लक्षित नमुना (भेरिफिकेसन मोडेल) बाट भूकम्पपीडितको सूची सङ्कलन गरेको थियो । विभागले एक लाख १५ हजार लाभग्राहीको सूची प्राधिकरणमा पठाए पनि ९० हजार ८८८ मात्र स्वीकृत भएको मन्त्रालयले जनाएको छ । 

भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटमा अनुदान सम्झौता र पहिलो किस्ताको रु ५० हजार वितरण भइरहेको छ । 

भूकम्प प्रभावित अन्य १७ जिल्लामा लाभग्राहीको सूची सङ्कलनको तयारी सुरु भएको विभागले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने