२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रिमियर लिगका दुई युवा खेलाडी बलात्कारको आरोपमा पक्राउ

२०८१, १२ बैशाख बुधबार १०:५४

बैशाख १२, काठमाडौँ । प्रिमियर लिगमा खेल्ने दुई जना युवा फुटबलरलाई कथित बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दुई १९ वर्षीय खेलाडीहरूलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा गरिएको छ ।

बीबीसी स्पोर्टका अनुसार दुवै खेलाडी एउटै क्लबसँग आबद्ध रहेका छन् । दुवैले आफूहरूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।


‘बलात्कारको उजुरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो,’ प्रहरी प्रवक्ताले भने, ‘एक १९ वर्षीय सन्दिग्धलाई कुटपीट र बलात्कारमा सहयोग गरेको आरोपमा र अर्का १९ वर्षीय सन्दिग्धलाई बलात्कारको आरोपमा पक्राउ गरिएको थियो ।’

यस विषयबारे द सन पत्रिकाले सबैभन्दा पहिले समाचार प्रकाशित गरेको थियो । यो घटना शुक्रबार भएको बताइएको छ । क्लबले ती खेलाडीहरूलाई कारबाही गरे/नगरेको खुल्न सकेको छैन ।

यसअघि म्यानचेस्टर युनाइटेडका मेसन ग्रिनवुडमाथि उनकी प्रेमिका र म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डीलाई एक महिलाले बलात्कारको आरोप लगाएका थिए । दुवै खेलाडीलाई क्लबले निलम्बन गरेको थियो । पछि अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने