२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोलम्बियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

२०८१, १८ बैशाख मंगलवार ०६:४६

बैशाख १८,  काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु भएको छ ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार देशको उत्तरी भागको ग्रामीण क्षेत्रमा उक्त सैन्य हेलिकप्टर सोमबार दिउँसो १ः५० मा दुर्घटनामा परेको हो ।


शान्ता रोशा देल सुर क्षेत्रका गल्फ क्लान नामका आपराधिक विद्रोहीहरूसँग युद्ध गरिरहेको सरकारी सेनालाई आवश्यक सामाग्री लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

रुसमा बनेको एमआई १७ मोडेलको हेलिकप्टर दुर्घटनामा परेको थियो । गल्फ क्लान ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली आपराधिक सिन्डिकेट भएको बताइन्छ ।

लागूऔषध कारोबारमा यो समूह नामुद मानिन्छ । कयौँ हत्या तथा अपहरणमा जोडिएको यो समूहले धेरै खानीहरूको नियन्त्रणमा पनि लिएको छ ।

उक्त समूहका नाइके दाइरो एन्तोनियो उसुगालाई गत वर्ष अमेरिकामा ४५ वर्ष जेल सजाय सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने