२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वेस्ट इन्डिजका खेलाडीले भने- धुलोले गर्दा मैदानमा मास्क लगाएका हौं

२०८१, १९ बैशाख बुधबार ११:०१

वैशाख १९,  काठमाडौँ ।  वेस्ट इन्डिज क्रिकेट टीमका केही खेलाडीले आज मैदानमा नै मास्क लगाएर खेलिरहेको दृष्य चर्चामा छ । यसले नेपालको प्रदुषण अवस्थाबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने खतरासमेत धेरैले औंल्याएका छन् ।

आज खेलपछि वेस्ट इन्डिजका खेलाडी एन्ड्रे फ्लेचरलाई पत्रकारले मास्क लगाउनुको कारणबारे सोधेका थिए । उनले धुलोका कारण केही खेलाडीले मास्क लगाएको बताए ।

‘(हाँस्दै) इमान्दारितापूर्वक भन्नुपर्दा आज निकै धुलो थियो । त्यसको सामना गर्नलाई हो । हामीले जस्तो परिस्थितिमा पनि खेल्नुपर्छ’, उनले भने । नेपालको मौसममा पनि आफूहरु अभ्यस्त भइनसकेको उनले बताए ।

‘यो देश समुद्र सतहभन्दा धेरै माथि छ । त्यसैले केही खेलाडीहरुलाई अलिकति कठिनाइ भएको छ । हामी यहाँ अभ्यस्त हुँदै जाँदा अझै राम्रो खेल्नेछौं । हामीले कहिलेकाहीँ आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनु पर्छ । नेपालमा हामीले धेरै राम्रा कुराहरु पनि देख्यौं । मानिसहरु निकै असल छन् । हामी इन्जोइ गरिरहेका छौं’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने