कात्तिक ८, काठमाडौँ । मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत गिरोहका अध्यक्षसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिगत सशस्त्र समूहहरु मंग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, काठमाडौँ । मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत गिरोहका अध्यक्षसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिगत सशस्त्र समूहहरु मंग"/>

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमाओवादी लडाकुद्धारा तालिम प्राप्त भूमिगत गिरोहका १३ जना पक्राउ

२०७३, ८ कार्तिक सोमबार १२:०४


कात्तिक ८, काठमाडौँ । मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत गिरोहका अध्यक्षसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिगत सशस्त्र समूहहरु मंगोल नेश्नल फोर्स, मंगोल मुलबासी फोर्स, संयुक्त जातीय मुक्ति मोर्चाका केही व्यक्ति संलग्नतामा मुलबासी राष्ट्रिय फोर्स गठन गरेको बताइएको छ ।

उनिहरुले विभिन्न प्रहरी इकाइ आक्रमण गरी हातहतियार संकलन गर्ने बैंक तथा वित्तीय संस्था, व्यापारी तथा सवारी साधनहरु लुट्ने, चन्दा संकलन गर्ने योजना बनाएको खुलासा भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई रोल्पा, सिन्धुपाल्चोक र काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ८ जनालाई महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले सोमबार पत्रकार सम्मेलन सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुकुमका उपेन्द्र घर्ती मगर, ताप्लेजुङका पृथ्वी नारायण लिम्बु, पाँचथरका टेम्डी शेर्पा, खोटाङका सुवास राई, सिन्धुपाल्चोकका रविन श्रेष्ठ, वन बहादुर स्याङवो, अजय तामाङ, रोल्पाका रामबहादुर बुढा मगर, लोकबहादुर बुढामगर, दुजमान घर्तीमगर, जोग बहादुर घर्तीमगर, र चन्द्रवीर घर्तिमगर छन् । 

त्यस्तै उनीहरुको साथबाट  २ नाल कटुवा पेस्तोल, २ नाल रिभल्वर र यसको गोली १२ राउण्ड, विष्फोटक पदार्थ तथा पार्टीका महत्वपूर्ण दस्तावेज, ९ वटा भरुवा बन्दुक र यसकाे केप, २ सय ग्राम बारुद, शिशाको गोली २२ वटा र शिशाको छर्रा १ सय वटा बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुको साथबाट पेस्तोललगायतका हातहतियार, विस्फोटक पदार्थ, पार्टीको कागजातहरु बरामद भएको जनाइएको छ । रुकुममा गठन भएको सो समूहका सदस्यहरुलाई पूर्वमाओवादी लडाकुहरुले तालिम दिएको थाहा भएको पनि प्रहरीले बताएको छ ।

पक्राउ परेका घर्तीमगर २०६७ सालमा रुकुमबाट फरार भएका लिम्बू २०७२ सालमा झापामा जबर्जस्ती चन्दा असुलीमा पक्राउ परेका र शेर्पा २०६७ सालको बबरमहल बमकान्डमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी