२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसले तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर

२०८१, २१ बैशाख शुक्रबार ०८:३८

बैशाख २१, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको औंल्याएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत् रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।


'आज विश्व प्रेस स्वतन्त्रता दिवस पनि हो। स्वतन्त्र प्रेसका प्रति सरकार अनुदार भएर अगाडी बढेको छ। लोकतान्त्रिक पद्धतिमाथि चौतर्फी प्रहार भइरहेको छ। जनताका जनजीवनका सवालमा सरकार बेखवर छ। यतिबेला कांग्रेसले अरूको वैशाखी बन्नु हुँदैन। हामीलाई वैशाखी बनाएर आफ्नो दुनो सोझ्याउन माहिर पश्चगामीहरूलाई अब कांग्रेसले ठिक साइजमा ल्याउने बेला भइसकेको छ। हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरौं र २०८४ मा एकल बहुमत ल्याउन सक्ने पार्टी तयार पारौं,' उनले भने।

जहिले जताततै समस्या नै समस्या र निराशा नै निराशा रहेकाले त्यो चिर्नका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महरको भनाइ छ। 'जताततै आगलागी भएको छ। काठमाडौं विश्वकै एक नम्बर प्रदूषित सहर बनेको छ। जनतालाई श्वास फेर्न नै उकुसमुकुस भइरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ। सडकको अवस्था दयनीय छ। स्वास्थ्य र शिक्षा तहसनहस अवस्थामा छ। यसलाई सही बाटोमा ल्याउन कांग्रेसले सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ,' महरले भने।

गठबन्धन र सत्ता केन्द्रित राजनीतिका कारण जनतामा चरम निराशा छाएको कुरालाई कांग्रेसले नजरअन्दाज गर्न नहुने उनको ठहर छ। यसले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र धुमिल पानीमा माछा मार्न खोज्नेहरू सक्रिय हुनेतर्फ महरले चिन्ता व्यक्त गरेका छन्।

'त्यसैले अब जनताको चाहनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ। त्यसका लागि १० औं वर्ष प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेस तयार हुनुपर्छ। यो साढे तीन वर्षको अवधिमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै पार्टीका बाँकी रहेका कामलाई पनि फत्ते गर्नुपर्छ। त्यसपछि मात्र कांग्रेसप्रति जनताको पुरानो विश्वास फर्किने छ र बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैन,' महरले भने।

यस्तै महरले खेलकुद क्षेत्र कुनै पनि राजनीतिक दलको प्राथमिकतामा नरहेकाले कांग्रेसले प्राथमिकतामा राख्नु पर्ने बताए। विश्व मानचित्रमा देशको पहिचान बढाउन खेलाडीहरूको ठूलो भूमिका रहेकाले उनीहरूलाई प्रेरित गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने महरको भनाइ छ। सरकारमा रहँदा होस् वा प्रतिपक्षमा हुँदा कांग्रेस सधैँ खेलाडीका पक्षमा जिम्मेवार हुनुपर्ने महरले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने