२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

दिपावली मेला १८ कात्तिकबाट: यसवर्ष भगवती रनिङ ट्रफीको विजेताले नगद १ लाख रुपैयाँ पाउने

२०७३, ८ कार्तिक सोमबार १३:१०

प्रकाश धौलाकोटी/कात्तिक तेह्रथुम । तेह्रथुमको छातेढुंगास्थित पोखरी उच्च मावि परिसरमा वि.स. २०३९ सालबाट लाग्दै आएको पुर्वमै प्रसिद्ध ऐतिहासिक दिपावली मेला यसवर्ष पनि एक सातासम्म भव्यताका साथ लाग्ने भएको छ । 

हरेक वर्षको तिहारलाई लक्षित गर्दै लाग्ने मेला यसवर्ष कात्तिक १८ गतेबाट २६ गतेसम्म विगत वर्षझैं खेलकुद, साहित्यिक, सांस्कृतिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु सहित लाग्ने भएको छ ।

खेलकुद विकाससँगै यस क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउन लाग्दै आएको मेलाको मुख्य आकर्षण पुर्वान्चलस्तरीय भगवती रनिङ ट्रफी फुटबल, भलिबल, व्याडमिन्टन, धान नाँच, बुद्धिचाल लगायत खेलहरु, पुर्वाञ्चलस्तरीय बहुभाषिक कवि गोष्ठी र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रायोजन तथा व्यवस्थापनमा सांस्कृतिक कार्यक्रम लगायत रहेको आयोजक मानव कल्याणकारी सेवा केन्द्रका अध्यक्ष तेजमान कन्दङवाले बताउनुभयो ।

यस्तै यो वर्ष रोटे पिङ लगायतका मनोरन्जनात्मक खेलहरु समेत सन्चालन हुनेछन् । मेलाका अवसरमा सन्चालन हुने भगवती रनिङ ट्रफीे विजेताले यो वर्ष नगद १ लाख १ सय ११ रुपैयाँ पाउने भएको छ । स्थायी श्रोत नहुँदा वर्षेनि मेला सन्चालनमा समस्या हुँदै आएपनि मेलालाई समय सान्दर्भिक बनाउन यो वर्ष सबै खेल तथा प्रतियोगिताहरुमा पुरस्कार राशी वृद्धि गरिएको खेल सन्चालक समितिका सचिव धनपति चापागाईले बताउनुभयो । 

२०३९ सालमा पाँचथरको अमरपुर बस्ने रामकुमार लिङदेन र नगेन्द्र लिङदेनले स्थापना गरिदिएको २ लाख रुपैयाँको कोषमात्रै मेला सन्चालनको स्थायी श्रोत हो । जसको वार्षिक व्याज ४८ हजार रुपैयाँ हुन्छ । सोही रकममा प्रायोजन, चन्दा सहयोग संकलनबाट थप गरी मेला सन्चालन हुँदै आएको छ । गतवर्ष भगवती रनिङ ट्रफी फुटबलको उपाधि आठराई मितेरी युवा क्लब सक्रान्तिबजारले जितेको थियो । 

मेलाको अवसरमा आयोजित श्रीप्रसाद चापागाई स्मृति पुरुष भलिबल रनिङ ट्रफीतर्फ विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् । महिला फुटबलतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार, व्याडमिन्टन सिंगलतर्फ विजेताले ४ हजार र उपविजेताले ३ हजार, व्याडमिन्टन डबल तर्फ विजेताले ७ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

मेलाको अवसरमा आयोजित बहुभाषिक कवि गोष्ठी कात्तिक २३ गते हुनेछ । भने सांस्कृतिक कार्यक्रम कात्तिक २५ गते हुने आयोजकले जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित