कात्तिक ८, बुटवल | गत कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा सोमबार चर्चित कलाकार हेमन्त शर्मा र ज्योति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, बुटवल | गत कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा सोमबार चर्चित कलाकार हेमन्त शर्मा र ज्योति "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

हेमन्त र ज्योतिले नचाए महोत्सवका दर्शक

२०७३, ८ कार्तिक सोमबार १५:४५

कात्तिक ८, बुटवल | गत कात्तिक ४ गतेदेखि बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा सोमबार चर्चित कलाकार हेमन्त शर्मा र ज्योति मगरले दर्शकलाई भरपुर मनोरञ्जन दिए ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा भइरहेको महोत्सवमा खचाखच भरिएका दर्शकलाई कलाकारद्धयले छमछमी नचाए पनि । शर्मा र मगरले आघा दर्जन नयाँ पुराना गीत गाएका थिए । ज्योतिले गीतसंग शारीरिक हाउभाउ देखाउँदै दर्शकमाझ पुगेपछि माहोल तालेको थियो । ज्योतिको हाउभाउले उत्तेजित बनेका युवालाई समाल्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । हाँस्य कलाकार उज्ज्वल गिरीले आफ्नो रोचक प्रस्तुति प्रस्तुत गरे ।  

यसैबीच सोमबार पुरुष तथा महिला कुस्ती प्रतियोगिताले पनि उत्तिकै रोचकता थप्यो । जम्मा ८ जोडीको प्रतिस्पर्धा भएको खेलमा ५ जोडी बराबरीमा रोकिए भने ३ जोडीमा हारजित भयो । प्रतिस्पर्धामा भारत बानारसका सिकन्दरले अयोध्याका ओकिललाई , नवलपरासीका मनु वर्माले भारत मध्यप्रदेशका घोटुचनलाई तथा मर्चवारका बिनोदले भारतका भारतका अशोकलाई पराजीत गरेको खेलकुँद व्यवस्थापन उपसमितिका संयोजक बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार मंगलबारदेखि कुस्तीका फाइनल चरणका खेल हुनेछन् ।

दोहोरी गीततर्फ वाक ओभरको आधारमा मिर्मिरे दोहोरी सांझका कलाकारले लोक तथा दोहोरी गीत प्रतिष्ठान प्युठानका कलाकारलाई पराजीत गरे भने मंगलबारको खेल हिमचुली दोहोरी साँझ र लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका बीच हुने सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए ।


यसैबीच महोत्सवमा सोमबार डेढ करोडको बराबरको आर्थिक कारोबार भएको र  २८ हजार दर्शकको सहभागिता रहेको महोत्सव सचिवालयका संयोजक सिताराम रसाईलीले जानकारी दिए ।

महोत्सवमा फेसन शो, डान्स आइडल तथा हाउजीबिंगो तम्बोला लगाएतका कार्यक्रमहरु पनि जारी रहेका छन् ।  

महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको आयोजकले बताएका छन् । महोत्सव कात्तिक १५ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित