२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँच दिनमै अन्डाको मूल्यमा फेरबदल

२०८१, २४ बैशाख सोमबार ०५:५२

बैशाख २४, काठमाडौँ । पछिल्लो पाँच दिनको अवधिमा अन्डाको मूल्यमा फेरबदल आएको छ । किसानलाई अन्डाको सही मूल्य प्रदान गर्नका लागि अन्डाको मूल्य फेरबदल गरिएको सरोकारले दाबी गरेका छन् । 

वैशाख २० गते ३३० रुपैयाँ प्रतिक्रेट कायम गरिएको मिडियम साइजको अन्डा सोमबारदेखि ३५० रुपैयाँ कायम भएको छ । यस्तै, वैशाख २० गते प्रतिक्रेट ३७५ रुपैयाँ कायम भएको ठुलो अन्डा ३९५ रुपैयाँ प्रतिक्रेट पुगेको नेपाल लेयर कुखुरा पालक सङ्घले जनाएको छ । यस्तै, प्रतिक्रेट ३९५ रुपैयाँमा कारोबार हुँदै आएको सबै भन्दा ठुलो साइजको अन्डा ४१० रुपैयाँ कायम भएको छ ।  


नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानलाई मूल्य प्रदान गर्नका लागि मूल्य फेरबदल गरिए पनि अझै लक्ष्यअनुसार किसानले मूल्य पाउन नसकेको बताए ।  ‘किसानबाट अन्डा खरिद गर्दा जोखेर किन्ने र खुद्रा बिक्री गर्दा गोटामा गरिन्छ’ उनले भने, ‘यसले किसानले मूल्य पाउँदैनन्, बिचौलियालाई मात्रै फाइदा हुन्छ ।’

केसीले ४० देखि ५५ ग्राम तौलको अन्डा सानो र ५५ ग्राम बढीकोलाई ठुलो अन्डा भनेर वर्गीकरण गर्ने गरिएको बताए । 

नेपाल लेयर कुखुरा पालक सङ्घका सचिव मदन पोखरेलका अनुसार किसानले लागत उठाउन नसकेकाले मूल्य थपघट गरिएको बताए ।  ‘किसानले दाना खुवाउन सक्दैनन्, गर्मीले ५० प्रतिशत उत्पादन कम छ,’ उनले भने, ‘माग बढी छ उत्पादन कम छ, त्यस कारण अन्डाको मूल्य बढेको हो ।’ 

उनका अनुसार देशभर दैनिक १८ देखि २० हजार गोटा उत्पादन हुने गरेकामा हाल १२ देखि १३ हजार गोटा मात्र अण्डा उत्पादन भइरहेको छ । 

नेपाल लेयर कुखुरा पालक संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अन्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने