२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पार्टी विभाजनपछि बालुवाटारमा उपेन्द्र, प्रचण्डसँग के भयो कुराकानी ?

२०८१, २५ बैशाख मंगलवार ०७:२९

बैशाख २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

अमेरिका भ्रमणमा हुँदै पार्टी विभाजन भएपछि फर्के लगत्तै जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हुन्।


प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारको तर्फबाट प्रतिनिधित्व गरेर युएन सेक्रेटरियट न्युयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा सहभागी भएर फर्केपछि प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।

तर, अध्यक्ष यादव अमेरिकामै भएको बेलामा जसपा नेपाल विभाजन गरेर अशोक राईको नेतृत्वमा जनता समाजवादी गठन भएको छ। राईको पक्षमा ७ सांसद खुलेका छन्।

१२ सांसद रहेको जसपामा ७ सांसदले साथ छाडेपछि उपेन्द्रसँग अहिले ५ जना मात्रै छन्।

भेटवार्तामा आफ्नो पार्टी विभाजनको विषयमा पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले उपेन्द्रसँगको भेटमा मिलेर जान सुझाव दिएको बताइन्छ।

तर, नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी विभाजन गर्न परेको विद्रोह गरेको सांसदहरूले बताउँदै आएका छन्।

त्यसैले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने