कात्तिक ९, रोल्पा । जीर्ण अवस्थामा रहेको रोल्पा कारागारभित्र क्षमताभन्दा झन्डै दोब्बर कैदी असहज ढङ्गले दिन गुजारिरहेका छन् । 

पैँतिस पुरुष कैदी क्षमता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, रोल्पा । जीर्ण अवस्थामा रहेको रोल्पा कारागारभित्र क्षमताभन्दा झन्डै दोब्बर कैदी असहज ढङ्गले दिन गुजारिरहेका छन् । 

पैँतिस पुरुष कैदी क्षमता"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कैदीहरुलाई सास्ती

९ कार्तिक २०७३, मंगलवार ०३:२२

कात्तिक ९, रोल्पा । जीर्ण अवस्थामा रहेको रोल्पा कारागारभित्र क्षमताभन्दा झन्डै दोब्बर कैदी असहज ढङ्गले दिन गुजारिरहेका छन् । 

पैँतिस पुरुष कैदी क्षमता रहेको कारागारमा हाल ६७ जना छन् । यसैगरी महिला कैदी राख्ने ठाउँमा तीन नाबालक र १० महिला रहेको चौकीदार हुकुम बुढा मगरले बताउनुभयो । 

“अरु बेलाभन्दा पनि राति सुत्ने समयमा समस्या हुन्छ, एउटा कोठामा १०/१२ जना सुत्नुपर्छ” चौकीदार मगरले भन्नुभयो । कारागारभित्र आफन्तसँग भेट नभएको दिन टेलिफोन गर्ने सुविधा समेत भएका कारण आफूहरुलाई विगतमा भन्दा केही सहजता मिलेको मेघबहादुर रोका मगरले बताउनुभयो । 

आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो समेत बुन्ने गरेको कैदीले बताएका छन् । “समय कट्ने र आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छौं” अर्का कैदी खिमबहादुर थापाले बताउनुभयो । 

आयआर्जनका लागि महिलाले प्रजिअ तथा राजनीतिक दलका नेतालाई सिलाइबुनाइका लागि सिलाइ यन्त्र सहयोग गर्न माग गरे पनि कसैले नसुनेको नाइके मनिसरा विकले दुखेसो पोख्नुभयो । 

राति शौचालय बन्द गरिदिने भएका कारण आफूहरु बाल्टिनमै दिसापिसाब गर्न बाध्य भएको समेत कैदीले दुखेसो पोखेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता