कात्तिक ९, रोल्पा । जीर्ण अवस्थामा रहेको रोल्पा कारागारभित्र क्षमताभन्दा झन्डै दोब्बर कैदी असहज ढङ्गले दिन गुजारिरहेका छन् । 

पैँतिस पुरुष कैदी क्षमता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, रोल्पा । जीर्ण अवस्थामा रहेको रोल्पा कारागारभित्र क्षमताभन्दा झन्डै दोब्बर कैदी असहज ढङ्गले दिन गुजारिरहेका छन् । 

पैँतिस पुरुष कैदी क्षमता"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कैदीहरुलाई सास्ती

२०७३, ९ कार्तिक मंगलवार ०३:२२

कात्तिक ९, रोल्पा । जीर्ण अवस्थामा रहेको रोल्पा कारागारभित्र क्षमताभन्दा झन्डै दोब्बर कैदी असहज ढङ्गले दिन गुजारिरहेका छन् । 

पैँतिस पुरुष कैदी क्षमता रहेको कारागारमा हाल ६७ जना छन् । यसैगरी महिला कैदी राख्ने ठाउँमा तीन नाबालक र १० महिला रहेको चौकीदार हुकुम बुढा मगरले बताउनुभयो । 

“अरु बेलाभन्दा पनि राति सुत्ने समयमा समस्या हुन्छ, एउटा कोठामा १०/१२ जना सुत्नुपर्छ” चौकीदार मगरले भन्नुभयो । कारागारभित्र आफन्तसँग भेट नभएको दिन टेलिफोन गर्ने सुविधा समेत भएका कारण आफूहरुलाई विगतमा भन्दा केही सहजता मिलेको मेघबहादुर रोका मगरले बताउनुभयो । 

आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो समेत बुन्ने गरेको कैदीले बताएका छन् । “समय कट्ने र आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छौं” अर्का कैदी खिमबहादुर थापाले बताउनुभयो । 

आयआर्जनका लागि महिलाले प्रजिअ तथा राजनीतिक दलका नेतालाई सिलाइबुनाइका लागि सिलाइ यन्त्र सहयोग गर्न माग गरे पनि कसैले नसुनेको नाइके मनिसरा विकले दुखेसो पोख्नुभयो । 

राति शौचालय बन्द गरिदिने भएका कारण आफूहरु बाल्टिनमै दिसापिसाब गर्न बाध्य भएको समेत कैदीले दुखेसो पोखेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित