२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाटोमा ठोक्किएको निहुँमा बत्तिसपुलतीमा युवकको हत्या, पक्राउ परेका चारैजना नाबालक

२०८१, ३० बैशाख आईतवार ०६:२३

बैशाख ३०, काठमाडौँ ।  काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा गएराति एक युवकको हत्या भएको ग्याङफाइटमा पक्राउ परेका ४ जना नाबालक रहेको खुलेको छ ।

शनिबार बेलुकी साढे ७ बजे बत्तिसपुतलीको कुमारी मार्गमा दुई युवा समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो । मोरङ पत्थरी शनिस्चरे नगरपालिका— ९ घर भई काठमाडौंको बिजयचोक डेरा गरी २४ वर्षीया शम्भु धिमालमाथि ४ जनाको समूहले चक्कु प्रहार गरी हत्या गरेका थिए ।

मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका थिए । धिमालमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएका थिए । घटनालगतै प्रहरीले उनको उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अस्पताल पुयाएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

दुई समूहबीच सामान्य विषयमा विवाद हुँदा हत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले बताए । उनका अनुसार उनीहरुले एक अर्कालाई चिनेका समेत थिएनन् । ३ जनाको समूह राति बर्थ डे पार्टी मनाएर फर्कँदै थिए ।

बाटोमा उनीहरुले छ्याङ खाएका थिए । त्यही क्रममा १४ वर्षका अर्का साथी जोडिए । ४ जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो । सोही क्रममा भनाभन भई झगडा हुँदा ४ जनाको समूहमध्ये एक जनाले धारिलो हतियार चक्कु धिमालमाथि प्रहार गरेका थिए ।

घटनालगतै गौशाला प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ४ जनानै नाबालक भएकाले प्रहरीले नाम खुलाएको छैन । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रमुख रजौरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने