कात्तिक ९, मोरङ । उर्लाबारी–६ स्थित बक्राहा र सोल्टी खोलाको दोभानमा सोमबार साँझ खोलाले बगाई दुर्गाचोक बस्ने ४६ वर्षीया कालीमाया सार्कीको शव मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार उनलाई स्थानीयवासीले खोलामा डुबेर तारको जालीमा अड्किएको अवस्थामा साँझ ७ बजेतिर मृतावस्थामा भेटेका थिए । सार्की यही कात्तिक ५ गते घरबाट माछा मार्न भनेर हिँडेकी थिइन् । रासस