कात्तिक ९, काठमाडौँ । संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौँ । संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा"/>
2026-07-07 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेना संसारमै तेस्रो स्थानमा

2016-10-25

कात्तिक ९, काठमाडौँ । संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा १२० सैनिक टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ । 

बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको क्यामब्रियन पट्रोलका क्रममा दलदले हिलोयुक्त भूमिमा ४८ घन्टाको समयसीमा भित्र ८० किमी क्षेत्रको गस्ती (पट्रोलिङ) गर्नुपर्ने हुन्छ । 

उक्त प्रतियोगितमा विभिन्न सैनिक अभ्यास समेत समावेश गरिएको हुन्छ । सो प्रतियोगितामा नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित, कर्तव्यपरायण र साहसिक सेनाका रुपमा ख्याति कमाउँदै आएको छ । 

पेसागत प्रतियोगिता २०७३ अभ्यासमा प्रथम भएको श्री दुर्गाबक्स गणलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली सेनाले छनोट गरी पठाएको थियो । उक्त प्रतियोगिता असोजको तेस्रोसाताबाट प्रारम्भ भई कात्तिकको पहिलो सातासम्म चलेको थियो । 

प्रतियोगितामा नेपाली सेनाका तर्फबाट उपसेनानी प्रज्वल खनालको नेतृत्वमा आठ सदस्यीय टोली सहभागी थियो । संसारकै सेनाका लागि अत्यन्त कठिन तथा चुनौतीपूर्ण मानिएको उक्त प्रतिस्पर्धात्मक पट्रोलिङमा पाएको सफलतासँगै नेपाली सेनाले अवलम्बन गर्दै आएको तालिम–नीति अब्बल रहेको प्रमाणित भएको नेपाली सेनाले जनाएको छ । 

उक्त प्रतियोगितामा उच्च पेसागत दक्षता प्रदर्शन गरेको नेपाली सेनाको टोली काश्य पदक प्राप्त गरी स्वदेश फर्केको छ । अन्तर्राष्ट्रियस्तरको यस्ता सैनिक अभ्यासको सहभागिताबाट नेपाली सेना र अरु देशका सेनाबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने