२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नगरपालिका बनेपछि गाविस भवन प्रयोगविहीन

२०७३, ९ कार्तिक मंगलवार ०८:५६

कात्तिक ९, कपिलवस्तु । शिवराज नगरपालिका भित्रका अधिकांश गाविस भवन प्रयोगविहीन भएका छन् । चनई, वीरपुर, शिवपुर, विशनपुर र जौवभारी गाविस मिलेर शिवराज नगरपालिका बनेपछि अधिकाश गाविस भवन प्रयोगविहीन भएका हुन् । 

वीरपुर र शिवपुरका गाविस भवन प्रयोगमा आएपनि नगरपालिकाले हेरचाह नगर्दा करोडाँैको सम्पत्ति प्रयोगविहीन बनेका छन् । 

चनई गाविसको कार्यालायमा स्थानीयवासीको गाईबस्तु आराम गर्ने थलो बनेको छ भने जवभारी गाविस भवन खण्डहरका रुपमा परिणत हुँदै गएको छ । विशनपुरको गाविस भवन पनि प्रयोगविहीन अवस्थामा छ । 

नगरपालिकाले चन्द्रौटालाई मात्र केन्द्र मानेपछि अन्य क्षेत्रको विकास पनि पछि परेको शिवराज नगरपालिका–३ खरेन्द्रपुरका रमेश यादव बताउनुहुन्छ । 

शिवराज नगरपालिका र राजनीतिक दलका प्रतिनिधिले चनई, विशनपुर र जौवभारीको भवन प्रयोगमा ल्याउन पटक पटक आश्वासन दिए पनि हालसम्म कुनै पहल नगरेको स्थानीयवासीको आक्रोश छ । 

यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिकाको शिवानगर र सिर्सिहवा गाविस भवन प्रयोगविहीन भएकोे छ । कृष्णनगर नरपालिकाले वडा कार्यालय स्थापना गर्ने अश्वासन दिए पनि तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । 

वडा कार्यालय स्थापना नहुँदा सानो सानो कामका लागि पनि नगरपालिका धाउनुपर्ने बाध्यता रहेको सिर्सिहवाका मुक्तेश्वर मिश्र बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार