२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बंगालको खाडीमा चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

२०८१, १३ जेष्ठ आईतवार ०७:१९

जेठ १३, काठमाडौँ । बंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो ।

‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ । यसबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनेछन् । मौसमविदहरुका अनुसार यो चक्रवात उत्तर–पूर्व–उत्तर हुँदै बहने छ । यसको असर नेपालमा पनि सामान्य पर्ने छ ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले रेमल चक्रवातको असर नेपालमा सीधा नपर्ने बताए । यसका बाहिरी घेराका केही बादल नेपालसम्म आउने भएकाले त्यसको असरले बादल लाग्ने र पानी पर्ने सम्भावना छ ।

मौसमविद भेटवालले भने, ‘रेमल चक्रवातको दिशा नर्थ–इस्ट–नर्थ छ । यो नेपालको पूर्वी भूभागभन्दा बाहिर–बाहिर भएर जान्छ ।’

उनले यसको असर नेपालमा खासै नपर्ने बताए । उनले भने, ‘कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशमा सामान्य मात्र पर्ने छ । आजदेखि नै बादल लाग्न सुरु हुने छ तर ठूलो पानी भने पर्ने छैन ।’

उनका अनुसार सोमबार र मंगलबार यसको सामान्य प्रभाव नेपालमा देखिने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मंगलबारदेखि नै प्रभाव कम हुँदै जाने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ