२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंमा आगलागी हुँदा भाडामा बस्दै आएका २१ वर्षीय युवकको मृत्यु

२०८१, १४ जेष्ठ सोमबार १०:४१

जेठ १४, काठमाडौँ ।  काठमाडौंको टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागी हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ ।


बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए ।

आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

आगलागीबाट करिब १५ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ