२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप

२०८१, १५ जेष्ठ मंगलवार ०९:०६

जेठ १५, काठमाडौं । पोप फ्रान्सिसमाथि समलिङ्गी पुरुषबारे अभद्र टिप्पणी गरेको आरोप लागेको छ । सीएनएनको रिपोर्टका अनुसार पोप फ्रान्सिसले बन्द कोठा बैठकमा समलिङ्गी व्यक्तिहरूका लागि इटालियन भाषामा निकै आपत्तिजनक शब्द प्रयोग गरेको दाबि गरिएको हो ।

पोप फ्रान्सिसले समलिङ्गी पुरुषहरूलाई वर्णन गर्न 'फ्यागोट' शब्द प्रयोग गरेको रिपोर्टले दाबी गरेको छ । पोप फ्रान्सिसले इटालीका विशपहरूलाई समलिङ्गी पुरुषहरूलाई पुरोहितको लागि प्रशिक्षण नदिन आग्रह गरेका छन् ।


बीबीसी रिपोर्टका अनुसार अन्य इटालियन समाचार एजेन्सीहरूले स्रोतलाई उद्धृत गर्दै पोपको यो भनाइको पुष्टि गरेका छन् ।

भ्याटिकनले पोप फ्रान्सिसको आपत्तिजनक भनाइमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । स्पेनिस भाषी देश अर्जेन्टिनामा जन्मिएका पोप फ्रान्सिसलाई यो इटालियन शब्दको स्पष्ट अर्थ थाहा नहुन सक्छ भन्ने पोपका समर्थकहरूको विश्वास रहेको पनि केही सञ्चारमाध्यममा बताइएको छ । फ्यागोट शब्द सामान्यतया समलिङ्गी पुरुषहरूको अव्यवस्थित व्यवहारको वर्णन गर्न प्रयोग गरिन्छ । यो एलजीबिटिक्यू समुदायद्वारा आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ