२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !

२०८१, १५ जेष्ठ मंगलवार १०:३६

जेठ १५, काठमाडौं ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आव्हानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ ।

मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन परेको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार यी सबै आवेदन भने नक्कली भएको बताइएको छ ।  


३००० भन्दा बढी आवेदन अनलाइन मार्फत दिइएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि गुगल फारम मार्फत ३ हजारभन्दा बढी आवेदन प्राप्त भएका छन् जसमा धेरै नक्कली आवेदन पनि परेका छन् । 

केही व्यक्तिहरूले मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनीजस्ता चर्चित व्यक्तित्वहरूको नाम दिएर नक्कली आवेदन दिएका छन्। यस्तो केस प्रकाशमा आएपछि, बीसीसीआईको काम बढेको छ किनकि उनीहरूले अब ती आवेदनहरू पहिचान गर्नुपर्नेछ जुन वास्तविक छन् । 

यस रिपोर्टका अनुसार बीसीसीआईका एक अधिकारीले भने, ‘गत वर्ष पनि बीसीसीआईले यस्तै कुराको सामना गर्नुपरेको थियो र यसपटक पनि त्यस्तै घटना भएको छ । मिडिया रिपोर्टका अनुसार भारतीय टोलीका पूर्व ब्याट्सम्यान गौतम गम्भीर प्रशिक्षक पदको दौडमा अगाडि छन् । गम्भीर आईपीएल २०२४ को सिजनको विजेता टोली कोलकाता नाइट राइडर्स (केकेआर) को मेन्टर थिए । तर, उनले पनि यस विषयमा मौन बसेका छन् । बोर्ड स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, समय सीमा ठीक छ तर बोर्डले निर्णय लिन अघि केही समय लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ