पंकज धामी | कात्तिक १०, दार्चुला | एक महिनादेखि अबरुद्ध रहेको नेपाल टेलीकमको पीपलचौरी गाविसको कैचुला टावरमा तोडफोड गरिएको तथ्य एक महिना पछि थाहा भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | कात्तिक १०, दार्चुला | एक महिनादेखि अबरुद्ध रहेको नेपाल टेलीकमको पीपलचौरी गाविसको कैचुला टावरमा तोडफोड गरिएको तथ्य एक महिना पछि थाहा भएको छ ।

"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नेपाल टेलिकम कैचुला टावर तोडफोड

१० कार्तिक २०७३, बुधबार ०२:५८

पंकज धामी | कात्तिक १०, दार्चुला | एक महिनादेखि अबरुद्ध रहेको नेपाल टेलीकमको पीपलचौरी गाविसको कैचुला टावरमा तोडफोड गरिएको तथ्य एक महिना पछि थाहा भएको छ ।

कैचुलामा रहेको टावरले काम नगर्दा विग्रेको समाचार आएपछि मर्मतका लागि गएको नेपाल टेलीकमको प्राविधिकहरुको टोलीले पावर सिस्टममा समस्या आएको बताएपनि टावरमा रहेका भित्री सामानहरुमा तोडफोड गरिएको, तारहरु चुडेको, भर्याङ लगायतका अन्य सामानहरु पनि चोरी भएको र भित्ताहरुमा जथाभावी लेखेको भेट्टिएको नेपाल टेलीकम दार्चुलाका प्रमुख ललित चन्दले जानकारी दिनुभयो ।

टावर गर्न गएको प्राविधिकको टोली जिल्ला फर्किसकेको छ भने आवस्यक सामान आएपछि मात्रै टावर मर्मत गरिने पनि टेलीकमले जनाएको छ । क्षेत्रीय कार्यालय धनगढीबाट सामान आएपछि मात्रै मर्मत गर्न मिल्ने भन्दै टेलीकम प्रमुख चन्दले चाँडोमा एकहप्ता सम्म समय लाग्ने बताउनु भयो ।

त्यसक्षेत्रमा टेलीफोन सेवा अबरुद्ध हुँदा जिल्लाको दुहुँ क्षेत्रमा रहेका आधा दर्जन गाविसका सेवाग्राही फोनसेवाबाट  बञ्चित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता