२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउवाले माधव, उपेन्द्र र महन्थलाई बोलाए बुढानीलकण्ठ

२०८१, १६ जेष्ठ बुधबार ११:००

जेठ १६, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दललाई छलफलका लागि बोलाएका छन् । मधेस प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपालाई बोलाएका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले तीन दलका अध्यक्षलाई छलफलका लागि बोलाएको  बताए । उनले भने, ‘आज पाँच बजे माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरलाई छलफलका लागि बोलाइएको छ ।’

जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि पाँच बजे छलफलका लागि देउवा निवास बुढानीलकण्ठ जाने तयारीमा रहेको बताए । मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धन बाहेकको सरकार बन्ने देखिन्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो