२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रममन्त्री र नेपालका लागि जापानी राजदूतबिच भेटवार्ता

२०८१, १६ जेष्ठ बुधबार ११:४१

जेठ १६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि जापनिज राजदूत किकुता यूताकाबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो ।  

छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए । यसै सन्दर्भमा जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तव्यको रूपमा धेरै नेपालीहरूको चासो रहेको पनि बताए ।


त्यसैले विगतमा नेपाल र जापानबिच कामदारहरू लैजाने सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइरहेको मन्त्री अर्यालले बताए । त्यस्तै, नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोग समेत गरी जापानी दूतावासको समेत समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली कामदारहरू जापान पठाउने चाहेको उनले बताए ।

साथै मन्त्री अर्यालले आन्तरिक रोजगारीको उपयुक्त वातावरण सृजना गरी नेपालमा नै अवसरहरू उपलब्ध गराएर नेपाली युवालाई नेपालमा नै बसेर काम गर्न सक्ने अवस्था बनाउने नेपाल सरकारको प्राथमिकता रहेको बताए । यसका लागि रोजगारदाता र रोजगारीको खोजी गरी रहेका नेपालीबिच मध्यस्थताको काम गर्ने गरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्न लागिएको पनि जानकारी दिए ।

स्वदेशमा नै रोजगारीका अवसरहरू उपलब्ध गराउने र त्यस्ता अवसरहरू पर्याप्त रूपमा उपलब्ध नभएको अवस्थामा निश्चित भाषा सीप सिकेर अनुकूल मौसम, एवम् काम गर्ने सुरक्षित वातावरण भएका जापान जस्ता मुलुकमा नेपालीहरू रोजगारीको लागि जाउन् भन्ने सरकारको मनसाय रहेको समेत उनले बताए ।

जापानी राजदूत यूताकाले नेपाल जापान श्रम सम्बन्धका विविध विषयमा यसरी खुल्ला छलफल गर्न पाएकोमा मन्त्री अर्याललाई धन्यवाद दिए । साथै यस विषयमा थप सहजीकरण गर्न जापानी दूतावास तयार रहेको बताए ।

दीर्घकालमा नेपाली युवाहरूलाई नेपालमा नै रोजगारीका अवसरहरू उपलब्ध हुन सकेमा नेपालको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताउँदै वैदेशिक रोजगारका अवसरहरू अल्पकालका लागि मात्रै उपयुक्त विकल्प भएको बताए । 

साथै जापान सरकारले जापानबाट फर्किएका नेपालीहरूले नेपाल भित्र नै रोजगारी एवम् उद्यमशीलता प्रवर्द्धन गर्न विशेष कार्यक्रम पनि सञ्चालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो