२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौं विश्वको सबैभन्दा धेरै प्रदूषित दश सहरको सूचीमा कायमै

२०८१, १८ जेष्ठ शुक्रबार ०९:४४

जेठ १८, काठमाडौँ । काठमाडौँ‌ अझैँपनि विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरहरूको सूचीमा कायमै रहेको छ। प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय सङ्गठन आईक्यू एयरका अनुसार काठमाडौं विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरमा अझै कायमै छ।

शुक्रवार दिउँसो २ बजे काठमाडौंको वायु प्रदूषणे स्तर १०७ मापन गरिएको छ। उक्त अङ्कसहित काठमाडौं विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दशौँ स्थानमा रहेको छ।

१०७ स्तर अर्थात् काठमाडौंको प्रदूषण अस्वस्थकर मानिएको छ।


केही दिनदेखि काठमाडौंमा पानी पर्ने क्रम चलिरहेको र हुरीबतासका कारण पनि प्रदूषण्को स्तर घटेको देखिन्छ। तर, अझै प्रदूषण पूर्ण रुपले सफा हुन समय लाग्ने देखिएको छ।

यस्तै विश्वको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये डेमोक्रेटिक रिपब्लिकाको किन्सासा पहिलो स्थानमा रहेको छ। किन्सासाको वायु प्रदूषणको स्तर १८७ मापन गरिएको छ भने इन्डोनेशियाको जाकार्ता दोस्रो स्थानमा रहेको छ। जाकार्ताको वायु प्रदूषण १६२ मापन गरिएको छ।

पाकिस्तानको लाहोर १५९ अङ्कसहित विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने चीनको वुहान १५६ अङ्कसहित विश्वको चौथो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। संयुक्त अबर इमिरेट्सको दुबई १५२ अङ्कसहित विश्वको पाँचौ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने भारतको राजधानी दिल्ली १५१ अङ्कसहित विश्वको छैटौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। 

युगान्डाको कम्पाला १४३ अङ्कसहित विश्वको सातौँ सबैभन्दा धेरै प्रदूषित सरह बनेको छ भने इराकको बगदाद ११७ अङ्कसहित विश्वको आठौँ र भारतको कोलकोत्ता ११४ अङ्कसहित विश्वको नवौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो