२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

७० लाख सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसको संघर्ष जारी रहन्छ : नेता महर

२०८१, १९ जेष्ठ शनिबार ११:२६

जेठ १९, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी नै रहने कुरा बताएका छन्। चितवन कांग्रेसले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम समारोहका प्रमुख अतिथि नेता महरले जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनपेक्षा अनुसार सदनदेखि सडक संघर्ष जारी नै राख्ने बताए।

अहिले गिरीबन्दु टी स्टेटदेखि सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्ति दोहन गरिरहेको महरको आरोप छ। कांग्रेसको भरखरै सम्पन्न बैठकमा गिरीबन्दु टी स्टेटमा भएको अर्बौ रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो।कांग्रेसका नेता कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले आज जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू खाली हुँदै गएको र त्यसको असर वातावरणमा परेकोप्रति चिन्ता व्यक्त गरे। जनवायु परिवर्तनका कारण तराई क्षेत्रमा अत्याधिक तामक्रम बढेर जनता कष्टकर जीवन विताउन बाध्य रहेकाले जलवायु परिवर्तनको असर न्यूनिकरण बारे पार्टीले सबै तहमा प्रशिक्षणात्क सचेतना अभियानमा जुटनु पर्ने महरको धारणा छ।हामीले राजनीतिसँग समाज र जनताका मद्दा बोक्नुपर्छ। केन्द्रदेखि टोल समितिसम्ममा प्रकोपीय जोखिमबाट बच्न 'जलवायु परिवर्तन तथा प्रकोप जोखिम न्यूनिकरण कार्यदल'गठन गरेर वातावरण संरक्षणमा योगदान दिनु पर्छ ,' उनले भने।राजनीतिक इतिहासमा राप्रपा, माओवादी, मधेशी जनधिकार र साझा विवेकशिल पार्टीको कनै बेला ठूलै आकार र स्याल हुँय्या भएको प्रसंग उठाउँदै महरले अहिले भने ती पार्टीलाई अस्तित्व बचाउनै गाह्रो परिरहेको बताए। 'अहिले नयाँ आएका राजनीतिक दलहरूको गतिविधि र भूमिकाले अर्को चुनावसम्म उनीहरुको पनि बिजोग हुने निश्चित छ,' उनले भने।५३ जना जिल्ला स्तरीय नेताहरूको सहभागीता रहेको प्रशिक्षणमा कांग्रेस केन्द्रीय सदस्य गोबिन्द पोखरेल, अजयबाबु सिवाकोटी, प्रकाश स्नेही, प्राध्यापक कृष्ण पौडेल, कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्य, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले प्रशिक्षण दिएका थिए। जेठ १७ बाट सञ्चालित प्रशिक्षक तालिम १९ गतेसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो