२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फेसबुकबाट जोडिएर महँगा सामान पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने युवक पक्राउ

२०८१, २१ जेष्ठ सोमबार ०९:१०

जेठ २१, काठमाडौँ । अनलाइन ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घर भई हाल काठमाडौं बस्दै आएका २१ वर्षीय वीरबल घर्ती मगर रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मगरलाई शुक्रबार बानेश्वरबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार आरोपित मगर सबैभन्दा पहिले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, भाइबर र ह्वाट्सएप लगायतका माध्यमबाट सर्वसाधारणसँग जोडिन्थे । त्यसपछि कुरा गर्दै गएर नजिक हुन्थे । र, आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना तथा डलर सहितको लगेज उपहार पठाइदिएको भन्दै आश्वासन दिन्थे ।

यसरी आश्वासन दिएपछि भन्सारमा सामान अड्किएको  र एन्टी मनी लाउन्डरिङमा चार्ज लाग्ने भन्दै रकम माग्थे । यसरी विभिन्न बहानामा उनले १६ लाख ६२ हजार रुपैयाँ बढी ठगी गरेको प्रहरीको भनाइ छ ।

उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा  कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो