२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१, २१ जेष्ठ सोमबार १२:२१

जेठ २१, काठमाडौँ । तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार दिउँसो २ बजेतिर व्यास नगरपालिका वडा नम्बर १ स्थित पृथ्वी राजमार्गमा दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक निर्माण गर्न पानी हाल्दै गरेको ट्यांकरले ठक्कर दिएको हो।

बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको ट्यांकरले ग १९ ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका वडा नम्बर १२ बस्ने २९ वर्षीय प्रविन कैनीको मृत्यु भएको हो।

उनी दमौलीतर्फ जाँदै थिए। ट्यांकरको ठक्करपछि गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि राजमार्ग अवरूद्ध बनेको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो