२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गरुडाका मेयरद्वारा मन्दिरको शिलान्यास, विद्यालय जीर्णोद्वार

२०८१, २२ जेष्ठ मंगलवार ०५:५१

जेठ २२, रौतहट | रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मन्दिरको शिलान्याससँगै विद्यालय भवनको जिर्णोद्वार कार्य शुभारम्भ गरेका छन्।

मेयर जैसवालले एक समारोहबीच गरुडा नगरपालिका ४ गरुडा गाउँमा निर्माण हुन गइरहेको राम मन्दिरको शिलान्यास गरेका हुन्।

कुल ४० लाखको लागतमा निर्माण हुने मन्दिरको शिलान्यास समारोहमा गरुडा नगरपालिकाका जनप्रतिनिधिलगायत स्थानीय समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो।

त्यस्तै, गरुडा नगरपालिका-७ प्राथमिक विद्यालय भिमडावरको जीर्णोद्वार कार्य सुरू भएको छ। मेयर कन्थमणि विद्यालयमा पुगेर वाल, प्लास्टर, तथा तीन कोठे छाना निर्माणको कामको शुभारम्भ गरेका थिए।

केही समयअगाडि निरीक्षण गरिएको उक्त विद्यालयको अधुरा रहेका कामहरू तत्काल गराउनु पर्ने भएकाले सो काम सुरू गरिएको मेयर जैसवालले बताएका छन्। उक्त कार्य नगरस्तरीय विकास कोषद्वारा १० लाखको लागतमा निर्माण हुँदैछ।

‘हामीले ज्ञान हासिल गर्ने संस्थाकै विकास भएन भने यहाँ अरू विकासले खासै अर्थ राख्दैन। यसकारण गरुडा नगरपालिका शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी काम गरिरहेका छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो