२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

२०८१, २३ जेष्ठ बुधबार ११:२०

जेठ २३, काठमाडौँ ।  काठमाडौं महानगरपालिका-२६ म्हैपी पुलस्थित सेलिन सेफाली खाजा घरबाट अवैध लागूऔषध ट्रामाडोल २ हजार २ सय ९० ट्याब्लेट, ८ हजार रूपैयाँ र २ थान मोइबाइलसहित खाजा घरका संचालक पाँचथर फिदिम नगरपालिका-७ घर भएकी ३८ वर्षीया निर्मला योङ्हाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं मित्रनगरस्थित किराना पसलबाट अवैध लागूऔषध ट्रामाडोल ४ हजार ५ सय १० ट्याब्लेट, १७ हजार रूपैयाँ र २ थान मोबाइलसहित उक्त पसलका संचालक गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भएकी २८ वर्षीया शान्ता वस्ती र सोही ठाउँ बस्ने ३२ वर्षीया सुस्मा कुँवरलाई समेत मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-५ बिर्तामोड शनिश्‍चरेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय २० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-६ घर बस्ने २७ वर्षीय महमद रेहानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले  मे.६ प १८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम २३ मिलिग्रामसहित धनकुटा, धनकुटा नगरपालिका-२ भिरगाउँ बस्ने २० वर्षीय बुद्धिमान राई र २१ वर्षीय रबिन लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१३ प ८४८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।  

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित मधुबन नगरपालिका-७ ताराताल बस्ने २४ वर्षीय अजय सुनारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँके, खजुरा गाउँपालिका-२ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिवस खनाल र सोही गाउँपालिका-१ बस्ने २७ वर्षीय आकाश थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कृष्ण लाल जैसीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार जैसीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो