२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली सेनाका अमलदारले खुकुरी प्रहार गरि गरे श्रीमतीको हत्या

२०८१, २५ जेष्ठ शुक्रबार ०६:१६

जेठ २५, दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदारले श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपहानगरपालिका वडा ६ राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए ।

शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सल्यानको कपुरकोट घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले आज बिहान सवा ८ः५० बजेतिर शालिकरामले श्रीमतीको हत्या गरेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

शान्तिसेनाबाट फर्किएर बिदामा घर आएका बुढाथोकीले श्रीमतीलाई आज बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रारम्भिक बयानमा खुलेको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो