२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थलबाट भन्सार छली ल्याएको सुनसहित ४ जना पक्राउ

२०८१, २७ जेष्ठ आईतवार ०९:४६

जेठ २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएको सुनसहित ४ जना पक्राउ परेका छन् ।

भन्सार छलीको सुन संकलन गरेर लैजान लागेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । 

भन्सार छली अवैध रूपमा संकलन गरी ल्याएको करिब २५ ग्राम सुनको सिक्री, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै ५० ग्राम सुनको सिक्रीसहित अन्य दुईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कतार एयर उडानद्वारा नेपाल आएका सरोजले भन्सार छली ल्याएको सुन मोहम्मद इन्तेयाजलाई सुनको सिक्री र काँचो सुन करिब ६९ ग्राम ९९ मिलिग्राम सुन दिइरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चारै जनालाई बरामद सुनसहित भन्सार कार्यालय पठाइएको विमानस्थलका सुरक्षा प्रमुखले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो