२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरभानसिंह हत्या: मध्यराति घरमा घुसेर जिस्क्याएपछि चिर्पटले हानेको आरोपित शिक्षिकाको बयान

२०८१, ५ असार बुधबार ०७:५१

असार ५,  काठमाडौँ । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ४६ वर्षीय वीरभानसिंह विष्टको हत्या घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यस क्रममा प्रहरीले सोही ठाउँकी शिक्षिका भागरथी विष्ट र  अटो चालक आशिष पहरीसहित ५ जनालाई नियन्त्रणमा लिएको छ। 

घटनापछि फरार अटो चालक पाटन नगरपालिका-१ का आशिष पहरीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भुपाल थापाका अनुसार पाटन नगरपालिका–७ स्थित जंगलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 


यसअघि डडेल्धुराबाट पक्राउ परेका पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराईले पहरीले आफूहरूलाई वीरभानसिंहको शव व्यवस्थापनका लागि बोलाएको बयान दिएका थिए। 

प्रहरी नियन्त्रणमा रहेकी शिक्षिका भागरथी विष्टले शव व्यवस्थापनमा राजेन्द्र, किशोर र आशिषले सघाएको भनेपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको हो। 

उनी अटो चालक हुन। आरोपित शिक्षिका भागरथीले वीरभानको हत्या स्वीकारेकी छन्। प्रहरीसमक्ष प्रारम्भिक बयानमा असार १ गते राति १२ बजेतिर वीरभान भागरथीको घर आएका थिए। 

मध्यरात घरमा घुसेर गालीगलौज गरेपछि चिर्पटले हानेर हत्या गरेको उनले बताएकी छन्। वीरभान र भागरथीको घर नजिकै छ। उनीहरूबीच यसअघि पनि विवाद भएर प्रहरीसम्म पुगेका थिए।

‘वीरभानले ती महिलालाई जिस्क्याउने रहेछन्। असार १ गते घरमा घुसेर गालीगलौज गरेपछि चिर्पटले हानेर मारेको महिलाको प्रारम्भिक बयान छ,’ प्रहरी स्रोत भन्छ, ‘अन्य कारण अहिलेसम्म केही खुलेको छैन। महिला एक्लैले हत्या गरिन् कि अरु पनि यसमा संलग्न छन् भनेर अनुसन्धान भइरहेको छ।’ 

असार १ राति १२ बजेपछि घटना भएको थियो। महिलाले हत्या गरेर कुनै गल्ती नगरेको बताउने गरेको प्रहरी अधिकारी बताउँछन्। मध्यराति हत्यापछि प्लास्टिकको बोरामा शव बेरेर घरमै लुकाइएको थियो।  अर्को दिन आइतबार भागरथी सहश्रीलिङ प्राथमिक विद्यालयमा पढाउन गएकी थिइन्। उनका श्रीमान् छैनन्। 

आइतबार राति शव व्यवस्थापन गरिएको थियो। आइतबार राति मोटरसाइकलमा राखेर शव भीरबाट मिल्काएको उनीहरूको भनाइ छ। हत्यामा प्रयोग भएको चिर्पटमा लागेको रगत पखालेको समेत उनीहरू बताउँछन्। 

शव व्यवस्थापनमा गर्न प्रयोग भएको से ७ प ४४०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।शनिबारदेखि बेपत्ता वीरभानको शव सोमबार दिउँसो पाटन नगरपालिका-६ को झागल भीरमा प्लास्टिकको बोरामा भेटिएको थियो। सँगै चिर्पट पनि थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो