२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा बुबा पक्राउ

२०८१, ५ असार बुधबार ०८:३०

असार ५,  काठमाडौँ । छोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौंको नयाँबजार क्षेत्रबाट प्रहरी वृत्त, सोह्रखुट्टेको टोलीले ४४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।

घरमै यौनशोषण भएको भन्दै काठमाडौं महानगरपालिकाको टोलीलाई सूचना आएपछि प्रहरी, महानगरपालिका र बालअधिकारकर्मी सहितको टोली पीडित १७ वर्षीया किशोरीलाई उद्दार गर्न पुगेको थियो ।

त्यसक्रममा महानगरको टोलीले किशोरीलाई उद्दार गर्‍यो भने प्रहरीले पीडितको प्रारम्भिक बयानका आधारमा उनका बुबालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीले मंगलबार अपराह्न नै पीडितको थापाथलीस्थित प्रसूति गृहमा स्वास्थ्य जाँच गराएको छ ।

बुधबार ती बुबाविरुद्ध हाडनाता करणी र बालबालिका ऐनमा भएको आर्थिक आर्जनका लागि बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउन नपाइने कसूरमा किटानी जाहेरी दर्ता भएको छ । सोह्रखुट्टे प्रहरीका अनुसार, दिउँसो पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न अदालत उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो