२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतका पूर्व क्रिकेटरले गरे आत्महत्या

२०८१, ६ असार बिहीबार १२:००

असार ६, काठमाडौँ । भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ । 

५३ वर्षीय पूर्वक्रिकेटर डेभिडले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफ्नो घरनजिकै क्रिकेट एकेडेमी चलाउँथे । कर्नाटक राज्य क्रिकेट सङ्घका एक अधिकारीले पनि डेभिडले आत्महत्या गरेको समाचारको पुष्टि गरेका छन् । 


डेभिड जोन्सनले भारतका लागि दुई वटा टेस्ट पनि खेलेका थिए । उनले भारतका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटमा मध्यमतेज गतिका बलर डेभिडले तीनवटा विकेट पनि लिएका थिए । 

यसका अतिरिक्त डेभिडले ३९ वटा प्रथम श्रेणीको क्रिकेट खेल्दै कुल एक सय २५ विकेट लिएका थिए । उनलाई सन् १९९६ मा जवागल श्रीनाथको स्थानमा भारतीय टोलीमा स्थान दिइएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले पनि डेभिडको निधनप्रति दुःख व्यक्त गरेका छन् । यसैगरी भारतीय टोलीका पूर्वकप्तान अनिल कुम्बलेले पनि डेभिडको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो