२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोरङमा सर्पले डसेर महिलाको मृत्यु

२०८१, १३ असार बिहीबार ०९:४७

असार १३, मोरङ । मोरङको रंगेली नगरपालिका–८ खयरबारीमा विषालु सर्पले डसेर महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार रंगेली–८ की ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो। 

आफ्नै घरमा सुतिरहेका बेला ऋषिदेवलाई बुधबार राति १२ बजेतिर सर्पले डसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भएको छैन। सर्पले डस्नसाथ परिवारका सदस्यले ऋषिदेवलाई उपचारका लागि भारततर्फ लगेका थिए। उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसपछि शवलाई फर्काएर घरमै ल्याइएको थियो। प्रहरीले घटनाका बारेमा बिहीबार बिहान साढे ६ बजेतिर जानकारी पाएको थियो। घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो