२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिल्ली विमानस्थलमा मृत्यु हुनेको परिवारलाई २० लाख भारु क्षतिपूर्ति

२०८१, १४ असार शुक्रबार ०६:३४

असार १४, काठमाडौँ । दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको दुर्घटनामा मृतक र घाइतेलाई क्षतिपूर्ति दिइने घोषणा गरिएको छ । शुक्रबार बिहान मुसलधारे वर्षाबिच इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ को छतको हिस्सा खसेको थियो ।

यस घटनामा एक जनाको मृत्यु भएको थियो भने अन्य कयौँ घाइते भएका थिए । स्थिति बुझ्न घटनास्थलमा केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु पनि पुगेका थिए । भत्किएको संरचना सन् २००९ मा बनेको बताइएको छ ।

यस मामिलामा छानबिन गर्न दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडलाई भनिएको र मन्त्रालयको तर्फबाट डीजीसीए सो जाँचको हिस्सा हुने बताइएको छ । यो घटनालाई गम्भीरतापूर्वक लिइने भन्दै मन्त्री नायडुले देशभरका यस्ता संरचना भएका सबै विमानस्थलको जाँच गरिने बताए ।

दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए । मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको छ ।

यस दुर्घटनामा एक जना क्याब ड्राइभरको मृत्यु भएको थियो । मृतक ४४ वर्षका मुन्ना यादव भएको बताइएको छ । करिब १० ओटा कार र गाडीमाथि छत खस्दा त्यसमा सवारहरू ६ जना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो