२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फणिन्द्र देवकोटा गण्डकी प्रदेशको ऊर्जा मन्त्रीमा पुन: नियुक्त

२०८१, १६ असार आईतवार ०८:५१

असार १६, पोखरा । नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पुन: गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।


देवकोटा यसअघि ऊर्जा मन्त्री थिए। तर,नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनी मन्त्री पदबाट पदमुक्त भएका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई माओवादी केन्द्रले कारवाही गरेको थियो। यसका विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले नेपाल समाजवादी पार्टीका सांसद देवकोटालाई माओवादीले कारवाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले उनकै पक्षमा फैसला गरेपछि देवकोटा पुन: मन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो